जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित

डिसी नेपाल
२६ असार २०८१ २०:४१

काठमाडौं। भारतले जिम्बाबेविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।

बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो। भारतले दिएको १८३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनायो।

जिम्बाबेका लागि डिओन मेयर्सले सर्वाधिक ६५ रन बनाए भने क्लीभ माडान्डेले ३७ रन बनाए। त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्वाधिक ३ विकेट लिए भने आभेश खानले २ तथा खलील अहमदले एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो। भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाए। जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २–२ विकेट लिए।

यो जितसँगै भारत ५ खेलको सिरिजमा २–१ ले अगाडी भएको छ। यसअघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाबे विजयी भएको थियो। अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *