साउदी अरेबियाले आफ्नो तेल कम्पनी अरामकोको सेयर बेच्यो

डिसी नेपाल
२७ असार २०८१ ११:०४

काठमाडौं । साउदी अरबको राष्ट्रिय तेल कम्पनी अरामकोले थप सेयर बिक्रीपछि १२ अर्ब डलर प्राप्त गरेको छ ।

यो योजनालाई साउदी अरेबिया सरकारको अर्थतन्त्रमा विविधीकरण गर्ने प्रयासको रूपमा हेरिएको छ।

सन् २०१९ मा अरामकोको शेयर बिक्रीको लागि प्रस्ताव गरिएको थियो जसमा यसले २५ अर्ब डलर कमाएको थियो । यो तेल कम्पनी संसारको सबैभन्दा मूल्यवान कम्पनीहरु मध्ये एक हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो रकमबाट साउदी अरेबियाले अब अन्य उद्योगमा लगानी गर्नेछ किनभने आफ्नो भिजन २०३० योजना अन्तर्गत अर्थतन्त्र तेलमा मात्र निर्भर रहनु पर्दैन।

गत महिना सरकारले डेढ अर्ब डलर बराबरको ०.६४ प्रतिशत शेयर बिक्री गरेको थियो । यी शेयरहरूको मूल्य ७.२७ डलर थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *