नारायणी नदीमा जलसतह बढ्याे (भिडियाे)
काठमाडौं। वर्षाका कारण देशभरका नदीहरुमा जलसतह बढेको छ ।
चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगायतको जलसतह बढेको हो । देशभरकै खोला, नदीमा बाढीले क्षति पु¥याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया
Facebook Comment