अष्ट्रेलियामा आफ्नै तीन छोराछोरीलाई घरमा आगो लगाएर हत्या
काठमाडौं । एक अस्ट्रेलियाली व्यक्तिमाथि आफ्ना तीन छोराछोरीको हत्या गरेको र घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।
आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, दुई साढे वर्षका र ६ वर्षका बालकको मृत्यु भएको हो ।
साढे दुई वर्षको बालक निकै गम्भीर अवस्थामा घरबाट बाहिर निस्कन सफल भएका थिए । उनलाई अस्पताल लगियो तर बचाउन सकिएन ।
छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरे। चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै बाँचे।
२८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच वटा ज्यान मार्ने प्रयास र एक सम्पत्ति नष्ट गरेको आरोप छ। अष्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको बेला यो खबर आएको हो ।
Facebook Comment