डिएसपी रिजाल नेतृत्वको सशस्त्रको वीरगंज सीमा सुरक्षा गुल्म देशमै उत्कृष्ट

डिसी नेपाल
२७ असार २०८१ १६:२०

वीरगंज। वीरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अबैध सामान बरामद गर्न र राजश्व संकलनमा मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ ।

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध भारतीय सामान बरामद गरेको हो।

डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान  बरामद गर्न सफल भएका हुन्।

प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन्।

डिएसपी रिजाल बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए। हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरि भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन्।

गत चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन्।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि  भन्सार कार्यालयमा बुझाएको छ।

सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल वीरगंज गुल्मले तस्करीका मालसमान बरामद गरि भन्सार दाखिला गराउन नेपालमै अब्बल हुन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *