म मन्त्री बन्दिन, पार्टीकै काम गर्छुः गगन थापा

डिसी नेपाल
२७ असार २०८१ १६:३६

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफू सरकारमा नजाने बारे जानकारी गराएको बताए।

उनले भने, ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ।’

उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *