मन्त्रीहरु उपस्थिति नभएपछि संसद बैठक स्थगित

डिसी नेपाल
२७ असार २०८१ १७:३०

काठमाडौं। प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ। बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कुनैपनि मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गर्नुभएको थियो। संविधान अनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थीति हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने उनले बताए।

त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको र बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउँदै शुक्रबार ११ बजे बस्नेगरि बैठक स्थगित गरे। अब शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रिहरु भने सिंहदरबारमा मन्त्रीपरिषद्को बैठकमा सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *