शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
२९ असार २०८१ ७:०९

प्रेमको सफर

प्रेमको जोशमा आज, जन्म मेरो भइ गयो
आमाको दुई आँखामा, निद्रा मेरो खुली गयो

चित्ताकासको गर्भ गृहमा, लामो शास फेरिकन
गर्भको शान्त मुद्रामा, मेरो निद्रा खुली गयो

आँखा भित्रको आँखामा, दृष्टि मेरो भरी गयो
प्रेमको मातृ वात्सल्यमा, मेरो मोह बढी भयो

मिठो मायाको सपथ खाइ, उत्रिएँ उज्यालोमा
सच्चा मायाको सपथ खाइ, म उठेँ यस भूमिमा

प्रेमको राजपथमा, देवपथ जो लिइकन
प्रेमैको राजपथमा, म पुगेँ देवलोकमा

आमाको प्रेममा पहिले, श्रद्धा सुमन वृद्धि भयो
त्यही श्रद्धाको सागरमा, मेरो भक्ति बनी गयो

आमाको प्रेमको दुई आँखामा, म डुबी गएँ
अस्ताउँदो सूर्यमा म, बिहानी भइ ब्युझिएँ

जबदेखि बल्यो मेरो, मनमा बत्तिको दियो
भित्रको हृदयमा, इश्वरको दृष्टि झल्कियो

आमाको आशमा मेरो, विश्वाश बढ्दै गयो
त्यही विश्वाश नै मेरो, ताजमहल भइ उठ्यो

आशाको जिन्दगी मेरो, आमाको काखमा सधैं
आशाको अमलमा मेरो, जीवन सफल बन्दियो

चारैतिरको सुवाशमा, गुलाव फूलको फूलै
वासनाको सुवासमा, म हाँसे खुबै खुबै

मायाको पबित्र सागरमा,सफर प्रेमको चल्यो
श्रृंगार रसको भावले, मेरो स्नान भइ गयो

चारैतिर बगैंचा छन्, फूलको सुवासमा
प्रेमिकाको याद आयो ,म उभ्भिएँ एकान्तमा

माला मलमलको धोती, श्रृंगार स्त्री समिपमा
आकासबाट झरी आइन्, देखें मैले नजिकमा

कोमल बदनको आँखा, झिम्काइ उनी भन्दछिन्
“आऊ स्वर्गमा जाउँ”, भन्दै उनी तान्दथिन्

प्रेमको आँसु आँखामा, झर्न लाग्यो झरझर
कस्तो प्रेम बन्यो हाम्रो, चार आँखा मनोहर

पुरुरुबा उर्वशीको प्रेममा, उद्वेग भइ भूमिमा
बसेका थिए अनन्तसम्म, आनन्द लिइकन मनमा

त्यस्तै तारा बनिन् पत्नी, बालीको प्रेममा फसी
सबै प्रेमी फसी जान्छन्, मोहको प्रेममा खसी

श्रृंगार रसको पान, गर्दा आनन्द आउने
लज्जाले निहुरिने बानी ,झनै मोह दिलाउने

प्रेमको जालमा फस्ने, को छैनन् यस लोकमा
बलेको प्रेममा जल्ने को छैनन् यस विश्वमा

सच्चा प्रेमको सम्झनामा, ताज महल बन्न गयो
सच्चा प्रेमको तिर्सनामा, संसारै झलमल्ल भयो

प्रेमको जात केही हुन्न, सिर्फ एक प्रेमको मति
कृष्णको बाँसुरी बज्दामा, रोकियो गीतको गति

प्रेमको फल हो आँसु, खस्ने मोती बनीकन
प्रेमैको जल हो आँसु, जम्मा सागर बनिकन

हेर त्यो सूर्यको प्रेम, चन्द्रमासँग कति छ
उदाउँदो दिनदेखि, अनुहार कति रक्त छ

चन्द्रमा सूर्यको भेट, हुने छैन कुनै दिन
झारेका छन् कति आँसु दुबैजना मिलिकन

फुलेको फूलमा मौरी पस्दा केही नभेटिने
चुसी चुसी फूलका बास्ना थुपार्दा मह देखिने

प्रेमको सागरमा डुब्दा सारा ज्ञान भक्ति ब्युँतिने
प्रेमको मार्गमा हिँड्दा संसारै आफ्नो हुने
प्रेमको सफरमा हिंड्दा संसारै आफनो हुने।।

प्रेमको बिछोड

धेरै रात बिते मेरो तिम्रो निरन्तर यादमा
कुर्दा कुर्दै बिते दिन सबै उनको सम्झनामा

कहिले दिनमा खोज्छु त कहिले रातमा पनि
पर्खाई रोकी म दिन्न डुल्दा डुल्दै जतापनि

धेरै वर्षपछि मैले भेटेँ उनलाई रातमा
बसेको थिएँ किनारामा उनलाई कुरी सागरमा

मेरो रोदनको आँसु बर्सियो बरसादमा
बादलको फूलबाट एक अनुहार झल्कियो आकासमा

दुईटा टम्मको आँखा बुलाकी नाकमा पनि
कोरेकी केश कालो ती देखिन्छिन् ती नुरानी

आँखा जोडी तिनी भन्छिन् आउ माथि तिमीपनि
बादलै पारिको देशमा हामी जाउँ कतैपनि

प्रियाको बोलीले मेरो आँसु झर्छ भुइँमा
बिहानीपखको सपनामा सम्झी रुन्छु बिछ्यौनामा

अँधेरी रातको रात झिलिमिली सबैतिर
मेरो जीवनमा हेर खै त्यो प्रेमिकाको भर

भ्रम होकी सत्य हो मैले बुझ्न सकिन
सपनामा देखिएकी तिनलाई म भुल्न सक्तिन

वर्षौंंको यादमा तिम्रो म छटपटाइ रहेछु
हरेक पलको सम्झनामा म तड्पी रहेछु

म रोएँ रोइरहेछु तिम्रो यो बिछोडमा
तारा रोइ पिलिपिली गर्छन् यिनकै बीच चन्द्रमा

सुतेका छन् सारा आँखा यो शून्य रातमा
सिर्फ म एक ब्यूँझेको छु तिम्रो त्यो यादमा

तिम्रो लाज ममा छ माया मेरो तिमीसित
कहिले भेट होला खै यो जन्ममा अघिल्तिर

सारा समय बिती गयो तिनको त्यो बिछोडमा
चन्द्रमा दौडिँदै जान्छिन् तिनको सुन्दर खोजीमा

चाहिँदैन मलाइ केही केवल तिनको साथमा
डुबेरपनि उर्तिन्छु तिनकै खोज मेलमा

मेरो सुख मेरो दुख सबै उनको माझमा
यो इच्छा नटुटोस् भन्दै कुरेकोछु म धर्तीमा

यो पोको मनको बोकी म आकासमा पुगी
मनभरीको मनको आगो कुहिरोमा फुकिफुकी

यो बिछोडको प्रेममा मेरो आँशु बग्यो धरधरी
सारा आँगन भयो शून्य मन काँपयो थरथरी

सक्तिन अब सक्तिन यो थाम्न यसैगरी
यो प्रेमको बिछोड सक्तिन बिर्सन कसैगरी

मिलन प्रेमको वास्ना सुवाश छहराउँ छ
बिछोड प्रेमको याद सवत्र मुरझाउँ छ

मुस्किल छ प्रियजन प्रेमको यो बिछोडमा
हाँस्ने रुन्छन् रुने हाँस्छन आ-आफ्नै वियोगमा

सम्झिँदा छाल बैरिन्छ भावनाको वरिपरी
बिर्सँदा छाल फर्खन्छ फुट्छ टुक्रा परिपरी

हेर मोह जालोले यहाँ छोप्दछ कस्तरी
देखिन्छ यसको प्वाल यहाँ सर्वत्र झर्झरी

नखोज मनमा तिमीले नभेटिने कुराहरु
नबजाउ मनमा तिमीले नबज्ने चुराहरु।।

प्रेमको महिमा

प्रेमको फूल कहााँ छ र कुन्नि, थाह छैन मलाइ
नौलाख तारा बीचमा पनि, भेटिन्न तिनीलाई

प्रेमको ज्वाला देखेको थिएँ, प्रेमको लिलामा
श्रीकृष्णपनि लाेिभए होलान्, त्यो मोहजालमा

प्रेमको जीवन प्रेमको मिलन, श्रीपेच टल्केको
जलको वर्षा आकाश चंगा, मुहार झल्केको

त्यो फूल हरे मलाइ देउ, नफाल त्यसरी
सजाई राख्छु मनमा हेर, आफ्नो जसरी

प्रकाश सूर्य अस्ताएपछि, चन्द्रमा उदाए
प्रेमीको प्रेम प्रेमको प्रेमी, मनमा रमाए

आकाश गंगाा डुलेर हेर्दा, संसार बिशाल
प्रेमको गंगा डुबेर हेर्दा, म देख्छु संसार

रहेन एक मनमा बिकार, संसार रम्ने मन यो अपार
पुराण सागर सबमा छ त्यही, वनफूल रम्ने माहुरी हजार

माया प्रेमको चर्चा, कहाँ छैन र विश्वमा
खोजी हिँड्ने हिडेकै छन्, यही धर्ती र भूमिमा

प्रेमको दीप बलेको थियो, त्यो सेतो महलमा
प्रेमकै आगो दन्केको थियो, त्यही लैला भूमिमा

हाँस्नेहरु हाँसेकै छन्, यो प्रेम कुण्डमा
चित्कार छोडी रोएकै पनि छन्, यो जल कुण्डमा

कथा प्रेमको भन्छन्, शिव–कथा अमरको
त्यहीबाट सुरु हुन्छ, कथा प्रेम सुगन्धको

राम रुन्छन् “सीते” भन्दै, कृष्ण रुन्छन् त्यसैगरी
यो कलियुगमा पनि रुन्छन्, यही प्रेममा बेसरी

लडाइँ प्रेममै हुन्छ, क्लियोपात्राको खोजीमा
हीररान्जा पनि रुन्छन्, यही प्रेमको खोजीमा

शेहन्शाह पनि रुन्थे, बेगमको प्रेममा परी
रोइ रोइ बिताएथे, रातदिन घरिघरी

प्रेमको रुप नै यस्तो, रोइ हाँसी रुवाउने
यही प्रेममा डुब्दै, सबै जीवन बिताउने

तसर्थ आँखाको डिलमा हेर, प्रेमको रस झर्दछ
त्यही आँखाको डिलमा हेर, खुसीको जल भर्दछ

आखिर आँखाको दूर नानीमा छोडी सबै मरेसरी
आशाका ताराका जीव छर्रा बनी उडेसरी।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *