सुनको मूल्यमा नयाँ कीर्तिमान

डिसी नेपाल
२८ असार २०८१ १२:१६

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ।

शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मूल्य भएको हो। आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो।

यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *