सरकारको सफलता नै बहिर्गमनको कारण बन्योः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासनको अभियानलाई तीव्रता दिएपछि सरकार गिराउने खेल सुरु भएको बताएका छन्।
आज संसदमा विश्वासको मत लिने क्रममा उनले सरकारले विभिन्न प्रकरणको अनुसन्धान सुरु गरिएपछि आफू नेतृत्वको सरकार ढाल्न चलखेल भएको दाबी गरेका छन्।
“मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु,” प्रधानमन्त्री प्रचण्डले भने।
सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गरेको जिकिर गरेका छन्।
“सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्यो। देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्यो। कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्यो।”, प्रधानमन्त्री प्रचण्डले भने।
Facebook Comment