सरकारमा दावी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

डिसी नेपाल
२८ असार २०८१ १९:५७

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दावी पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ–आफ्नो पार्टीको तर्फबाट सरकारमा दावी पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *