युरोकप फाइनलमा आज स्पेन र इङ्ल्याण्डको भिडन्त

डिसी नेपाल
३० असार २०८१ ७:१९

काठमाडौं। आजराति युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दै छन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि शुरु हुने छ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङ्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ। २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन्। जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *