शिक्षा र सेवामा हरिचरण सिटौला (२)

खगेन्द्रराज सिटौला
१ साउन २०८१ ७:०३

सहकारी र सहकार्य

कुनै पनि काम एकलै गर्न सकिन्न भन्ने हरिचरण सिटौलाको सोच थियो। त्यसैले उहाँले सामाजिक सहकार्यको संस्कृतिलाई प्रोत्साहित गर्नुभयो र सहकार्यमा रमाउनुभयो। उहाँ सबैलाई काममा परिचालन गर्न र क्षमताअनुसार जिम्मेवारी बाँडफाँड गर्न कुशल हुनुहुन्थो।

आफूभन्दा पाका बरिष्ठ होउन् या कनिष्ठ,धनी या गरिब,यो वा त्यो जातका किन नहोन् सबैलाई बिकासनिर्माणको अभियानमा उहाँ सरिक गराएरै छोड्नुहुन्थ्यो। हरिचरणले शिक्षा विकासको पवित्र कार्यमा धेरैजनासँग धेरै लामो कालसम्म सहकार्य गर्नुभयो।

आर्थिक रुपले अघि बढ्न र सबै सफल हुन उहाँसमेतले सहकारी पसल सञ्चालन गर्नुभयो। सामुहिक लगानी,सामुहिक काम र जिम्मेवारी,सामुहिक आम्दानीको समाजवादी,सिद्धान्तसँग मेलखाने आर्थिक सहकार्यको सहकारीजस्तै पसल याने दोकान पनि चलाउनुभएको थियो ,२०१० सातिर नै।

सहकारीमा जोडिएका सबै सहकारी सदस्य परिवारहरु पछि आर्थिक रुपमा पनि सफल भएका छन्। कृषि व्यवसाय भएपनि व्यपार लगायत अन्य उत्पादन र व्यापारलाई पनि महत्व दिनुपर्छ भन्नुहुन्थ्यो।

परिवारिक एकतामा सफलता

हरिचरण सिटौला एकताको सुरुवात परिवारबाटै हुनुपर्छ भन्ने कुरामा सधैँ जोड दिनुहुन्थ्यो। विकास र समृद्धिको लागि एकता। भाइभतिज,भानाभान्जा,नातागोता आदि सबैलाई पढी खाने र गरी खाने आधार बनाइदिने कुरोमा समेत निकै मेहनत गर्नुहुन्थ्यो।

सामाजिक र सार्वजनिक हितको काम गर्ने मानिसको लागि घरायशी र परिवारिक वातवरण अनुकूल हुनुपर्छ भन्ने मान्यता उहाँको थियो त्यसैले उहाँले आफ्नो परिवारभित्र सधैँ बलियो एकता कायम गराउन सफल हुनुभयो।

मृत्युको अन्तिम बेलामा पनि उहाँको मूल सन्देश एकता नै थियो। अझ दोर्णचारका परिवारको एकता साँच्चै लोभलाग्दो नै थियो। हरिचरणमा उनै बुबाआमाको गुण सरेको हुनुपर्छ।

सादा जीवन उच्च विचार

धेरैले भन्ने गरेको सादा जीवन उच्च विचारको ठ्याक्र्कै िमल्ने पात्र खोज्न कसैलाई अप्ठेरो प¥यो भने हरिचरण सिटौलाको जीवनशैली र व्याक्तित्व प्रस्तुत गरेको खण्डमा फरक पर्दैन भन्दा अत्युक्ति नहोला।

वास्तवमा उहाँले तडकभडक र खर्चिलो नभै सादा जीवन जिउनु भयो। उहाँको चिन्तन र विचार जहिल्यै पनि उच्चस्तरको हुन्थ्यो। जनसाधरण सबैमा आत्मीयतापूर्वक बातचित गर्ने उहाँको स्वभाव र बानी थियो।

उहाँको तर्क र विचार साँच्चै नै उच्चस्तरका हुन्थे। सानो दृष्टान्त-त्यसबेला नेपालका प्रायःसबै सञ्चारमाध्यमले विदेशी सञ्चारको नक्कल गर्दै अमेरिकाको राष्ट्रपतिमा चुनिएका रोनाल्ड रेगनको विजयलाई ऐतिहासिक भनेर चर्चा गरे। सञ्चारको प्रभाव राजनीतिमा चासो राख्ने बुद्धिजिवीमा पनि पर्ने नै भयो।

त्यहीबाट प्रभावित दाइहरु र अन्य बुद्धिजिवीहरुले पनि हाँमा हाँ मिलाउँदै ऐतिहासिक भने। तर बुबा हरिचरणले यसलाई अस्वीकार गर्दै भन्नुभयो-यो अमेरिकामा हरेक चारचार वर्षमा हुने नियमित प्रक्रियाबाहेक केही पनि होइन। एउटा अमेरिकी राष्ट्रपतिको ठाउँमा अर्को राष्ट्रपति फेरिनुलाई कसरी ऐतिहासिक भन्न मिल्छ ? भनेर सबैलाई नाजवाफ बनाइदिनु भयो। उहाँको अरुको हुइयामा कुद्ने बानी थिएन।

श्रम संस्कृतिःजीवन संस्कृति

हरिचरण सिटौलाले आफूलाई जीवनभर श्रम संस्कृतिको पक्षमा उभ्याउनुभयो। अर्थात श्रम संस्कृतिलाई जीवन संस्कृतिको पक्षमा उभ्याउनुभयो। त्यसो त कृषि पेशालाई जीवनकै पेशा बनाएका पुर्खाहरुको कार्यलाई निरन्तर गर्दा पनि कुनै न कुनै रुपमा श्रम चरित्र पुस्तौनी चरित्र भएको हुनुपर्छ। तर पनि गाउँका खातापिता,गन्यमान्य अन्य खान्दानियाँ व्याक्तिभन्दा उहाँमा भिन्न खालको चरित्र थियो।

उहाँ घरमा गाईभैँसीको स्याहार गर्ने,दूध दुहुने,घाँस तथा खोले दिने काम आफैँ रुचिको साथ गर्नुहुन्थ्यो। भैँसी चराउन र आहाल बसाउन उहाँ रमाइलो मान्नुहुन्थ्यो। उहाँ चोया बाँसबाट दाम्ला बाट्ने चोया र मालबाँसबाट बाता(घर छाउने चोया) काट्नुहुन्थ्यो। उहाँले काटेका बाता एक नम्बरका हुन्थे। सबै घर छाउनेहरु बातामा उहासँग कसैले सक्दैन भन्थे।

उहाँले चुहानडाँडाको कलेजभवन छाउनको लागि आफै पनि अन्य व्याक्तिसँग गफ गर्दै धेरै बाता काट्नुभएको थियो। त्यति लामो कलेज भवन सुरुमा खरले छाइएको थियो। उहाँ रोपाइको बेला खेतमा बाउसे गर्नुहुन्थ्यो।

फ्याउरी (बाउसे गर्दा काठको हिलो तानेर  सम्याउने औजार)चलाउदै दिनभर जस्तो बाउसे गर्नुहुन्थ्यो। खेतमा आली पनि लगाउनुहुन्थ्यो कहिलेकाहीँ। आपूmले आलीमा कोदालीले हिलो थुपार्ने मात्रै र हामी छोराहरुलाई आली चिल्याउन लगाउनुहुन्थ्यो।

चिल्याउनेमा धेरैजसो नगेन्द्र पर्दथ्यो। दिनभर खेतमा काम गरेर राती निकै अबेर घरमा पुग्नुहुन्थ्यो,करिब डेढघण्टा उकाले हिडेर। मङ्सिरमा नाङ्लाले धान बत्ताउनुहुन्थ्यो। उहाँ गाउँको मान्यजन र महाजन भए पनि आफूलाई कहिल्यै ठूलोठालू मान्नुभएन। उहाँका बुबा (हामी बा भन्थ्यौं) मकैका झुत्ता बनाउन सिपालु र जाँगरिलो हुनुहुन्थ्यो।

बाको मृत्युपछि घरका जहानपरिवारसँग राती अबेरसम्म मकै केलाउने झुत्ता पार्ने काम गर्नुहुन्थ्यो। त्यसबेला हामीलाई कथा सुनाउनुहुन्थ्यो। हामीसँग गाउँखाने कथा खेल्नुहुन्थ्यो।

राजनीतिमा चासो

हरिचरण सिटौला सफल नेतृत्वक्षमता भएकोले नै उहाँ युवा उमेरमा नै स्थानीयको सदस्य ((मेम्बर) हुनुहुन्थ्यो। त्यसैले उहाँलाई पछिसम्म पनि कतिपय मानिसहरुले मेम्बर भनेर पनि सम्बोधन गर्दथे। उहाँ सकेसम्म आफू नेतृत्वमा बस्न नचाहने तर चाहेको मान्छेलाई नेतृत्वमा पुर्‍याउने कार्यमा रुचि देखाउनु हुन्थ्यो।

आफ्नो गाउँमा प्रथम प्रधानपञ्चमा दाजु बेदचार सिटौलालाई निर्बिरोध बनाउन सक्रिय भुमिका खेल्नुभयो। पछि पदमप्रसाद उप्रेती,तेजप्रसाद कन्दङवा आदिलाई स्थानीय नेतृत्वमा जिताउन महत्वपूर्ण भूमिका खेल्नुभयो।

त्यसरी नै परशुराम खापुङलाई राष्ट्रिय पञ्चायत सदस्यमा सूर्य कन्दङवालाई प्रतिनिधिसभा सदस्य अर्थात सांसदमा र छोरो खगेन्द्रराज सिटौलालाई,उपप्रधानपञ्च,जिल्ला पञ्चायत उपसभापति,तथा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित गराउन महत्वपूर्ण योगदान दिनु भयो।

२०२८ सालमा तत्कालिन वीरेन्द्र इन्टर कलेजमा विद्यार्थी आन्दोलन चर्कियो। कलेज सञ्चालक समितिका दुई प्रमुख सभापति पद्मप्रसाद उप्रेती र उपसभापति हरिचरण सिटौलाका बीचमा वैचारिक मतभेद हुनगयो।

हरिचरण सिटौला विद्यार्थीका मागको पक्षमा उभिनु भयो भने पदमप्रसाद उप्रेती प्रिन्सिपल उमाकान्त झाको पक्षमा उभिनुभयो। त्यसैले स्थानीय कम्युनिस्ट नेताहरु सूर्यप्रसाद कन्दङवा,चन्द्रमान कन्दङ्वा(सी.यम.सर) पी.पी.सिटौला नन्दकुमार प्रसाई,नरेश शाक्य आदिले कम्युनिष्ट राजनीतिको फाइदाको लागि हरिचरण सिटौलालाई आन्दोलनको राजनीति अभिभावक जस्तो बनाए। उहाँले कम्युनिस्टहरुलाई पञ्चायति चुनावलाई उपयोग गर भन्नुहुन्थ्यो,२०३५ सालतिर नै।

उहाँको मतमा माले २०४२ सालतिर फर्कियो। २०३६ सालमाको जनमतसंग्रहमा वार्ड अध्यक्षबाट राजीनाम दिएर बहुदलको पक्षमा प्रचारप्रसारमा सकृय हुनुभयो। फलस्वरुप त्यस क्षेत्रबाट बहुदलको पक्षमा अत्याधिक मत प्राप्त भयो।

हरिचरण सिटौला झापा आन्दोलन को उग्रधारको विपक्षमा हुनुहुन्थ्यो। कम्युनिष्टलाई जनताको मन जितेर राजनीति गर्न भन्नुहुन्थ्यो। मदन भण्डारीको जनताको बहुदलीय जनवाद यही धार हो। गान्धी,नेहरु,माओ,महेन्द्र र बी.पी को तारिफ गर्नुहुन्थ्यो। राजतन्त्र हटाउन हतार नगर्न भन्नुहुन्थ्यो।

व्यापक जनताले कुरा बुझेर राजतन्त्र नचाहिने ठानेमा मात्र र ऊ अलोकप्रिय भएमा मात्र हट्न सक्छ भन्नुहुन्थ्यो। त्यसै भयो। तर पनि वाहाँ नेपालमा राजा चाहिन्छ भन्नुहुन्थ्यो। उहाँ पृथ्वीनारायणलाई उच्च सम्मान गर्नुपर्छ भन्नुहुन्थ्यो।

तन र मन सधैँ सक्रिय

हरिचरण सिटौलाले आफूलाई सधैँ सक्रिय बनाइरहनु भयो। उहाँ बिहान प्रायःसधैँ चार बजे नै उठेर गाउँ घुम्न निस्कनुहुन्थ्यो,विकास र गाउँलेको समस्यासमाधानको लागि तथा मेलापात र खेतालाको लागि समेत। दिउँसो खाना खायो,फेरि दिनभर त्यस्तै सामुदायिक काममा व्यस्त।

प्राय: राति आठनौ बजेतिर मात्रै घरमा आउनुहुन्थ्यो। अझ कलेजभवन निर्माणको बेला त झनै सक्रिय हुनुहुन्थ्यो। कलेजभवन निर्माण गर्ने अहम् जिम्मेवारी पनि उहाँमा नै थियो। त्यसैले पनि अरुको भन्दा सक्रिय भूमिका उहाँमा बढी नै थियो। घरमा बस्ता या हिड्दा अनेक विषयमा उहाँ चिन्तनमनन गरिरहनुहुन्थ्याे।

उहाँको दिमाग सक्रिय जीवनको खोजमा हुन्थ्यो। त्यसैले उहाँ सोचाइमा यति डुब्नुहुन्थ्यो कि कोहीसँग वात मारे झैँ अनायास उहाँका हातहरु पनि चलिरहेका हुन्थे। उहाँलाई रोगले गाँज्दै लगेपछि भने कार्यमूलक सकृयता विस्तारै घट्दै गयो। सारमा उहाँ जीवनभर सकृय रहनुभयो समाजको लगि,विकासको लागि शिक्षाको लागि अरुको सेवाको लागि।

पदमप्रसाद विकासको साथी, उचालियो आठराई धेरै माथि

हरिचरण सिटौला २००० सालदेखि नै चुहानडाँडाको शिक्षा विकासमा सक्रिय हुनुभयो,वरिष्ठ तथा कनिष्ठ सबैको साथ लिएर। पछि २००९ सालदेखि स्थानीय प्रभावशाली र प्रतिष्ठित उप्रेती परिवारका पुत्ररत्न पदमप्रसाद उप्रेतीले चुहानडाँडाको शिक्षा विकासको अभियानमा सक्रियतापूर्वक सहभागिता जाहेर गर्नुभयो।

त्यसपछि हरिचरण सिटौला र पदमप्रसाद उप्रेतीको सहकार्य साँच्चै प्रभावकारी प्रमाणित भयो,नेपालको शिक्षा विकासको इतिहासमा। साँचो अर्थमा ग्रामीण क्षेत्रमा जनस्तरबाट शिक्षा विकासको नमुना प्रस्तुत गर्न हरिचरण सिटौला र पद्मप्रसाद उप्रेतीको जोडीलाई कुनै राजा महेन्द्रको गाउँफर्क अभियान चाहिएन,आफ्नो गाउँ हेर्न र मुहार फेर्नलाई।

न त कुनै मनमोहन अधिकारी सरकारको आफ्नो गाउँ आफै बनाऔँ कार्यक्रम चाहियो,आफ्नो गाउँ आफै बनाउनलाई। साथै कुनै सहमतीय राजनीतिको नारा चाहिएन सहमतिसाथ गाउँको विकासमा सकृय हुनलाई।

उहाँहरुले धेरै राजनीति शक्ति र पदहरुलाई जित्नुभयो, ठूला आर्थिक शक्ति र खानदानी परिवारहरुलाई जित्नुभयो,धेरै सदरमुकाम,ठूला सहरबजारलाई जित्नुभयो-२०१७ सालमै नेपालभरको ग्रामिण क्षेत्रमा पहिलो कलेज स्थापना गरेर।

वास्तवमा नेपालको ग्रामिण क्षेत्रभित्र शिक्षा विकासमा कम्तिमा दुई दसकसम्म निरन्तर सक्रिय सहयात्रीको जोडी हो – पदमप्रसाद उप्रेती र हरिचरण सिटौलाको। उहाँहरुको प्रमुख नेतृत्वदायी भूमिका सक्रियताले नेपालको सिङ्गो पूर्वाञ्चल क्षेत्रलाई प्रभाव पारेको छ-शिक्षा विकास र राजनीतिक चेतनाको जागरणमा।

२००२ सालबाट धुले स्कुलबाट विकसित भएर स्थापित शारदा मिडिल-हाई स्कुल र त्यसैको जगमा उठेको २०१७ सालमा स्थापित वीरेन्द्र इन्टर कलेज (हालः तेह्रथुम बहुमुखी क्याम्पस) उल्लेखित जागरणको केन्द्र बन्न पुग्यो।

राष्ट्रिय रुपमै राजनीतिक चेतना,शैक्षिक तथा व्याक्तित्व विकासमा यी दुई सहयात्रीको मूख्य रुपमा सक्रिय नेतृत्वदायी भूमिकाबाट स्थापित र विकसित हुन पुगेको शैक्षिक संस्थाको महत्वपूर्ण भूमिका छ नै। तर त्योभन्दा बढी महत्वको कुराचाहिँ अरु समाजका लागि दिएको सेवा,त्याग,समर्पणको भावना र व्यवहार आदि हो।

यस्ता गुणी व्याक्तित्वको बारेमा उनीहरुले नै स्थापित गरेको कलेजमा पढेर आफ्नो बौद्धिक व्याक्तित्व बढाई पूर्वाधार खडा गर्ने अवसर पाएका र कालान्तरमा राष्ट्रिय व्याक्तित्व निर्माण गरेका कतिपय लेखक भनाउँदाहरुले दुई शब्द लेख्न समेत इन्कार गर्ने पनि पाइए। नेपाली समाजमा देखा परेका कृतध्नताका केही नमूनाहरु पनि छन्–यस्ता।

हरिचरण र पद्मप्रसादको विभाजन,नोक्सानभन्दा फाइदा झन

पूर्वको शिक्षा विकासका दुई हस्ति हरिचरण सिटौला र पद्मप्रसाद उप्रतीको सहयात्रा र सहकार्य २०२८ सालमा आएर टुट्यो। दुई दशकसम्म चलेको निरन्तर सहयात्रा र सहकार्यका चर्चा माथि नै भइसकेको छ। तर याहाँ विभाजनले पनि फाइदा नै पुर्‍याएको निष्कर्ष किकाल्नुपर्ने देखिन्छ।

निश्चय नै यी दुई हस्तिको विभाजन नराम्रो कुरा नै थियो। यसले चुहानडाँडाको खासगरी नेपालको ग्रामिण क्षेत्रमा स्थापित पहिलो कलेज वीरेन्द्र इन्टर कलेज को विकासमा गम्भीर धक्का त लाग्यो नै। सिटौला र उप्रेती जो कुटुम्ब परिवार पनि हुन्।

जसले गर्दा दुबै पक्ष तनाव र असजिलोमा पनि परे। कतिपय अराजनीतिक र अतिवादले दुबैतिर मानमर्दन पनि भयो होला। परम्परागत आत्मीय हार्दिक सम्बन्धमा विराम लाग्यो। अनुपम उदाहरणीय बिकासे सम्बन्धको क्रम भङ्ग भयो। दुबैतिरका परिवारिक चैन र शान्तिमा नकारात्मक प्रभाव प¥यो नै। यी नोक्सानीका साना पाटाभन्दा अरु केही होइनन्।

मूलतः यी विभाजनले उपलब्धिका नयाँ फाँटलाई उद्घाटित गरिदिएको छ। त्यही विभाजनगत उपलब्धिलाई केही सङ्क्षेपमा चर्चाविश्लेषण गरौँ। मूलतः हरिचरण-पदमप्रसादका बीचको विभाजनले राजनीतिक धु्रवीकरण,चेतनाको ध्रुवीकरण,आन्दोलन र संघर्षको ध्रुवीकरणसम्मै पुर्‍याइदियो।

हरिचरण सिटौलालाई वामपन्थी खेमाले अभिभावक मान्दै उहाँको लोकप्रियातालाई प्रयोग गरेर आफ्नो संगठन र संघर्ष विस्तारलाई व्यापक बनाएर लग्यो। त्यस्तै पद्मप्रसाद उप्रेतीको व्याक्तित्व र लोकप्रियतालाई प्रजातन्त्रिक खेमा ( नेका)ले त्यसरी नै उपयोग गर्‍यो।

वीरेन्द्र इन्टर कलेजमा भएको विद्यार्थी आन्दोलन र आन्दोलनको वरिपरि जोडिएको र तानिएको राजनीतिले राजनीतिले सिङ्गो राष्ट्रको ध्यान मात्र तानेन सरकारी दमनसमेत धान्यो। साथै यही आन्दोलनको सेरोफेरोबाट उठेका विद्यार्थीहरु ३५-३६ सालमा विद्यार्थी आन्दोलनका नेता भए।

पञ्चायतविरोधी कम्युनिष्ट-काङ्ग्रेसका नेता भए। अझ हरिचरण सिटौलाको परिपक्क सोचाइ र तर्कले झापा आन्दोलनका अतिवादलाई सच्याउन कानुनी लडाइँमा तान्न र पञ्चायतलाई राजनीति उपयोग गराउन महत्वपूर्ण भूमिका रहेको छ। तत्कालीन झापालीहरु कानुनी उपचार सुन्न पनि चाहदैनथे। तर उहाँले झापा संघर्षका कृष्ण सेढाइलाई अदालतमा मुद्दा गर्न लगाउनु भएको थियो।

हरिचरण सिटौला र पद्मप्रसाद उप्रेतीको विभाजनबाट देखिएको मूख्य उपलब्धि भनेकै परिवर्तनका लागि राजनीतिक चेतनाको जागरण हो,परिवर्तनकारी राजनीतिक शक्तिको आधार हो। यो नै उहाँहरुका बीच विभाजनले सिर्जना गरिदिएको उपलब्धिको मूल पाटो हो।

हरिचरण र पद्मप्रसादको विभाजनका जगमा उठेको राजनीतिक चेतना,जागरण,सङ्गठन र सङ्घर्षसँग डराएर कायर पञ्चायती सत्ताले जनताले दुःखले स्थापना गरेको पहिलो ग्रामिण कलेजलाई बन्द गराइदियो।

यो आठराईको शिक्षा विकासमा पञ्चयतले पु¥याएको गम्भीर धक्का थियो। पछि तेह्रथुम जिल्लाबाट प्रतिनिधित्व गर्ने त्यस भेगका राष्ट्रिय पञ्चायत सदस्य शेरबहादुर इङ्नामलगायत धेरैको माग,सङ्घर्ष र सहयोगले केही वर्षपछि कलेज पुन प्राप्त ग¥यो पञ्चायत कालमै त्रिभुवन विश्वविद्यालय मार्फत। तर पुरानो नाम वीरेन्द्र इन्टर कलेजको नाममा होइन तेह्रथुम क्याम्सको नाममा।

सरकारले अन्याय गरेर तत्कालीन वीरेन्द्र इन्टर कलेज बन्द गरिदिएपछि संस्थापकहरु हरिचरण सिटौला र पद्मप्रसाद उप्रेती दुबैजनामा निराशा छाएको थियो। लामो समयसम्म सार्वजनिक काममा व्यस्त भएका दुबैजनाको निजी घरयासी व्यवहार व्यवस्थित हुन सकेको थिएन।

पद्मप्रसाद उप्रेती झापा गारामुनीमा बसाइँ सर्नुभयो। त्यहाँ पनि उहाँ शिक्षा विकास र राजनीतिमा सकृय हुनुभयो। हरिचरण सिटौलाले पनि झापाको चारपानेमा पनि बस्ने व्यवस्था मिलाउनु भयो। उहाँ हिउदमा चारपानेमा र बर्खामा चुहानडाँडामा बस्न लाग्नुभयो।

वीरेन्द्र इन्टर कलेजबाट उठेको विद्यार्थी आन्दोलनको लहर देशभरमा गयो। आठराईमा त राजनीति उथलपुथल नै ल्यायो। त्यही उथलपुथलको लहरमा चर्चित बामपन्थी नेताको परिचय बनाएका पुन्यप्रसाद सिटौला याने पी.पी.सर ले राजनीतिबाट विश्राम लिएर शिक्षाको क्षेत्रमा आफूलाई होमे।

उनले विराटनगरमा निजी विद्यालय स्थापना गरेर निजी विद्यालय स्थापना गर्ने पहिलो सिटौल बने। उनका अन्य तीनजना भाइ र भान्जा समेतलाई अन्य ठाउँमा निजी विद्यालय स्थापनामा लगाए।

हरिचरणका साइला छोरा राम सिटौलाले याने राम सरले पनि झापा बिर्तामोडमा सगरमाथा र चारपानेमा बालकल्याण बोर्डिङ स्कूल स्थापना गरे। काठमाडौँमा सुरेन्द्र सिटौलाले बागमती बोर्डिङ स्कुल स्थापना गरेर चर्चित बनाए। सिटौलाका यस्ता अन्य धेरै छन्। यसरी बदलिदो परिस्थिति र समयको माग बुभ्mदै सिटौलाहरु निजी स्कुल स्थापनामा पनि लागे।

क्रमशः

यो पनि

शिक्षा र सेवामा हरिचरण सिटौला (१)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *