संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजे बस्ने तय भएको छ।
सचिवालयले दुवै सदनको बैठक बोलाएपछि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन ।
सत्ता समीकरण परिवर्तन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । उनी आइतबार चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
प्रतिक्रिया
Facebook Comment