कैलालीको लालझाडीमा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालन

डिसी नेपाल
१ साउन २०८१ ८:३१

कञ्चनपुर। विपद्जन्य घटना कम गर्ने उद्देश्यले लालझाडी गाउँपालिकामा आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्रका प्राकृतिक तथा गैरप्राकृतिक जोखिमबाट हुनसक्ने क्षति घटाउन आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएपछि विपद्बारे पूर्वसूचना सङ्कलन गरी क्षतिलाई न्यूनीकरण गर्न सकिने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । गाउँपालिका बाढीजन्य घटनाका जोखिममा रहेकाले यसबारे पूर्वसूचना सङ्कलन गरी जीउधनको सुरक्षा गर्न सकिने अध्यक्ष रानाले उल्लेख गरे।

केन्द्र सञ्चालन गर्न पालिकाले कार्यसञ्चालन कार्यविधि दुई वर्षअघि नै निर्माण गरिसकेको छ । केन्द्र सञ्चालनमा ल्याइए कार्यविधिअनुसार सञ्चालन गरिने छ । गाउँपालिकाको आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थानीय विपद् व्यवस्थापन समितिको निर्देशनबमोजिम सञ्चालन हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *