समाजवादी मोर्चाको बैठक शुरु

काठमाडौं। समाजवादी मोर्चाको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु भएको हो।
समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ।
समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।
प्रतिक्रिया
Facebook Comment