रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

डिसी नेपाल
१ साउन २०८१ १७:३४

काठमाडौं। फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्। गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो।

यसअघि उनले आजै मेडिकल समेत गरेका थिए। रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ। २५ वर्षीय एम्बाप्पे फ्री–ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन्। एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन।

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ। यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन्। उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन्।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए। अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *