सिमलताल दुर्घटनाः गण्डक ब्यारेजमा गणपति डिलक्सका चालक र सहचालकको शव फेला

१७ शव फेला, नौ जनाको पहिचान

डिसी नेपाल
१ साउन २०८१ २०:१६

चितवन। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

उनीहरु दुवैको शव घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन्।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका थिए।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ।

पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *