फ्रान्सको ठूलो पत्रिकाको समाचार : नेपाल अस्थिरताको विश्व च्याम्पियन, जति परिवर्तन आए पनि उस्तै
काठमाडौं । युरोपेली देश फ्रान्सको सबैभन्दा धेरै पढिने अखबार मानिने ‘ले मोन्डे’ पत्रिकाले नेपाललाई ‘अस्थिरताको विश्व च्याम्पियन’को संख्या दिएको छ ।
पत्रिकाले आफ्नो समाचारमा नेपाललाई ‘राजनैतिक अस्थिरताको ओलम्पिक खेलमा शीर्ष स्थानमा कायम रहिरहेको’ देशको रुपमा चित्रण गर्दै भर्खरै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिले नेपालले यो ‘उपाधि’ कायमै राखेको बताएको छ ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्बहालीपछिका ३० औ) र २०६२–६३ मा लोकतन्त्र स्थापनापछिका १४ औं प्रधानमन्त्री भएको उल्लेख गर्दै नेपालमा प्रत्येक वर्षमा नयाँ प्रधानमन्त्रीको दरले प्रधानमन्त्री परिवर्तन भइरहेको बताएको छ ।
अखबारले नेपालीहरुले विगतका केही दशकमा देशको व्यवस्थामा धेरै परिवर्तन ल्याएको भए पनि नेपालीहरु जति धेरै परिवर्तनहरु ल्यायो उति धेरै यथास्थितिमा रहिरहेको उल्लेख गरेको छ ।
समाचारमा नेपालका राजनैतिक दलका शीर्ष नेताहरुले पटक पटक गठबन्धन बनाउँदा विगतमा कट्टर दुश्मन रहेका दलहरु समेत मिलेको र कट्टर गणतन्त्रवादी दलहरु कट्टर राजतन्त्रवादी दलहरुसँग समेत मिलेको उल्लेख गरेको छ ।
Facebook Comment