विराट कोहलीले विज्ञापनमा भारतको भन्दै नेपालको हिमाल प्रयोग गरेपछि चर्को आलोचना

डिसी नेपाल
३ साउन २०८१ १२:४०

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली पछिल्लो पुस्ताको सबैभन्दा लोकप्रिय क्रिकेटर हुन् । उनको लोकप्रियताका कारण विज्ञापन निर्माताहरू पनि उनलाई विज्ञापनको एक हिस्सा बनाउन चाहन्छन् ।

तर, पछिल्लो समय विराटको चर्को आलोचना भइरहेको छ । उनले सामाजिक संजालमा शेयर गरेको विज्ञापनका कारण उनको आलोचना भएको हो । कोहलीको प्रमोशनल भिडियोमा सगरमाथा क्षेत्रका दृश्यहरू देखाइएको छ जसले गर्दा फ्यानहरू आक्रोशित भएका छन् ।

भारतका लागि आफ्नो प्रमोशनल भिडियोमा कोहलीले नेपालको हिमालका तस्बिरहरू समावेश गरेका थिए र “इण्डिया”, “भारत” र “हिन्दुस्तान” जस्ता शब्दहरू प्रयोग गरेर भारतको बारेमा कुरा गरेका छन्। यो कार्यले नेपाली फ्यानलाई आक्रोशित बनाएको छ ।

धेरै नेपाली फ्यानहरूले कोहलीलाई सही तथ्यको साथ वास्तविकता बुझाउन खोजेका छन् । “चुलु इस्ट नेपालको हो! नेपाल जस्तो स्वतन्त्र राष्ट्रको सार्वभौमसत्ता र गरिमामा प्रत्यक्ष असर गर्ने विवादास्पद भिडियोहरू सेयर गर्न बन्द गर्नुहोस्,” एक प्रशंसकले लेखेका छन् ।

“याद गर्नुहोस् तपाईंले अन्नपूर्ण पर्वत शृङ्खलामा रहेको नेपालको चुलु इस्ट चुचुरो देखाउनुभएको छ। यसलाई भारतीय पर्वतको रूपमा दाबी नगर्नुहोस्। चुलु इस्ट ६,५८४ मिटर अग्लो छ र यो नेपालमा अवस्थित छ,” अर्का नेपाली फ्यानले लेखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *