विद्युतीय संचारमा अचानक अवरोधपछि अमेरिकाका प्रमुख एयरलाइन्सका सबै उडानहरू ठप्प

डिसी नेपाल
४ साउन २०८१ १३:५१

काठमाडौं । अमेरिकामा विद्युतीय संचारमा अचानक अवरोध आउँदा त्यहाँका प्रमुख एयरलाइन्सका सबै उडानहरू ठप्प भएका छन् । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्ससहित धेरै प्रमुख अमेरिकी एयरलाइन्सका सबै उडानहरू शुक्रबार बिहान बन्द गरिएको थियो।

यस प्रकारको ग्राउन्ड स्टपले उडानको गन्तव्य जस्तोसुकै भए पनि एयरलाइन्सका सबै उडानहरूलाई असर गर्ने एफएएले बताएको छ । ग्राउन्ड स्टप कति लामो समयसम्म रहनेछ भन्ने स्पष्ट छैन । यसअघि माइक्रोसफ्टको महत्त्वपूर्ण आउटेजले बिहीबार फ्रन्टियर एयरलाइन्सलाई घन्टौँका लागि ठप्प पारेको थियो ।

फ्रन्टियरले आउटेजबाट यसको प्रणाली प्रभावित भएको बताएको थियो र असुविधामा परेका यात्रुहरूलाई फिर्ता गर्ने प्रस्ताव गरेको थियो। एलीगियन्ट र सन कन्ट्री लगायत अन्य प्रतिस्पर्धीहरूले पनि आफ्नो बुकिङ, चेक-इन र ट्रिप-म्यानेजिङ कार्यहरूअनलाइनबाट गर्न कठिनाइहरू भइरहेको बताएका छन्।

एफएएले शुक्रबार बिहान सबै एलिजिएन्ट उडानहरू बन्द गरिने घोषणा गरेको छ। माइक्रोसफ्टले मध्य अमेरिकामा केहि ग्राहकहरूको लागि सेवा डाउन भएको बताएको छ । यसले सेवा व्यवस्थापन सञ्चालन र कनेक्टिभिटी वा सेवाहरूको उपलब्धतामा समस्या भएको बताएको छ ।

कम्पनीले यसको कारण निर्धारण गरेको र यसलाई ठीक गर्ने काम गरिरहेको बताएको छ। कम्पनीका प्रवक्ताले सीएनएनले गरेको तुरून्त टिप्पणीको अनुरोधको जवाफ दिएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *