डोनाल्ड ट्रम्पले भने- म राष्ट्रपति भएको भए रुस युक्रेन युद्ध कहिल्यै सुरु हुने थिएन

डिसी नेपाल
४ साउन २०८१ १५:५९

काठमाडौं । रिपब्लिकन पार्टीको चारदिने महाधिवेशनमा बोल्दै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘म आशा, शक्ति र विश्वासको सन्देश लिएर तपाईंसामु उभिएको छु ।’ उनले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने बताए ।

उनले भने – जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौं।

आफ्नो सम्बोधनमा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धलाई लिएर वर्तमान सरकारलाई निशाना बनाए ।

ट्रम्पले भने – यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको यो भयानक युद्ध र इजरायलमाथि हमलाका कारण सुरु भएको युद्ध हुने थिएन ।

ट्रम्पले वर्तमान सरकारले सृजना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने बताएका छन् ।

डोनाल्ड ट्रम्पले कोरी कम्प्यारेटरलाई श्रद्धांजलि अर्पण गरे, जो उनीमाथि हमलाको क्रममा मारिएका थिए, र सम्मेलनमा उनको लागि मौनधारण पनि राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *