महिला एशिया कपः युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

डिसी नेपाल
४ साउन २०८१ १६:१८

काठमाडौं। युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ।

आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो।

युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन् ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *