सहकारी छानबिन विशेष समितिद्वारा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल

डिसी नेपाल
४ साउन २०८१ १७:४२

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिहरुसँग छलफल गरेको हो।

सो क्रममा समितिको कार्यादेशको अनुसुची २ मा रहेका सुर्यदर्शन, सानोपाइला लगाएतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए। उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए।

त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख ऋण प्रवाह भएको र जिबि ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले जानकारी दिए।

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए। देशभरमध्ये बागमति प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *