सरकार फेर्नका लागि मात्रै नयाँ समीकरण होइन : प्रदीप ज्ञवाली

डिसी नेपाल
५ साउन २०८१ १८:३५

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरले शनिबार आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताए।

उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा (२) नै भएको र उपधारा (२) मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे।

उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए।

उपमहासचिव ज्ञवालीले दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादी भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ? भन्ने प्रश्न गरे।

उनले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *