कविता : आस्था भित्रको प्रतिमूर्ति
टाढा-टाढा
कैयौं कोष पर
बस्छौ तिमी
किन-किन तिम्रै
सम्झना आउँछ
बिर्सुँ भन्दा-भन्दै
यतिका वर्ष गए
अब त सम्झनलाई
बाँकी केही छैन
हुन त माया को चिनो भनि
तिमीले छोडेको रुमाल छैन
सम्झना गरी हेर्नु भनि
दिएको फोटो छैन
त्यसैले त
जुन हेर्दे कुरा गर्छु म
हरेक प्रहर
बेहोस बन्छु म
आजभोलि !
यस्तो लाग्छ
आजभोलि
तिमीलाई भेट्नु अघि
मर्छु म
फेरि पनि किन-किन
तिम्रै माया
गर्छु म
धेरैले भनेका छन्
पहिले भन्दा म
अलि भिन्न भएको छु
तर होइन भन्छु म
म उही पुरानो मायालु।
कान्छी
अनि मेरा ति सम्झनाका पोकोहरु
त्यस्तै-दुखस्तै अनि उस्तै-उस्तै
धेरै शब्दहरु
तिम्रो आबाजमा सुन्नु थियो
तिमीलाई भेटी
सुनाउनु थियो
के भनुँ खै
तिम्रै लागि भनि
टिपेका फूलहरु
मै सँग रहयो
यतिका बर्ष बितेर गयो
कति फूलहरु
भाँच्चिइएछ
केही शब्दहरु
बिर्सिईएछ
तिम्रै लागि भन्दै राखेका
कति कुराहरु
बाटैमा
बाँडिइएछ
भन्ने नै हो भने
तिमीले त
नबिर्सनु है भनि
दिएको बाचा छैन
सम्हालेर राख्नलाई
लाछा छैन्
म त पागल अरे
अझै पनि निर्धक्क
तिम्रै हो भन्न सक्छु
संँग-सँगै काटेका
भन्झयाङका ती घुम्ती अनि मोडहरु
गन्न सक्छु
जन्म-जन्मान्तलाई
तिम्रो मायाको अनुभुति बटुल्दै
बाँच्न सक्छु
हृदयमा तिम्रा शब्दहरु
दुरुस्तै साँच्न सक्छु
मुटु भरिको माया
तिम्रै लागि भो
तिमीलाई नै आफ्नो
मान्न सक्छु
मात्र यो
थामिनसक्नु पीडा
सहिनसक्नु चोट
अनि
बिर्सी नसक्नु पश्चताप
तिमी सामु
राख्न सक्दिन
भगवान भाक्न सक्दिन
हुन त
मेरा लागि तिमी
खाली एउटा
आस्थाकाे प्रतिमूर्ति थियौ
तिमी आउँटाै भन्ने
बिश्वास पनि थिएन
यही संसारमा छाै तिमी
छैनौ तिमी
कहाँ छौ तिमी
को हौं तिमी
ठेगाना तिम्रो
थाहा भएन
कोशिष गरें
सोचें मनै मन
खोजे पनि आँखाहरुले
तिमी हौं
तिमी होइनौ
पत्तो भएन
तर पनि किन-किन
तिम्रै सम्झना आँउछ
त्यही धाउछ!
धाइरहन्छ!
पोलिरहन्छ, दुखिरहन्छ
यी आंखाहरु तिमीलाई नै खोजिरहन्छ।
Facebook Comment