चीनमा बाढीका कारण पुल भत्किँदा कम्तीमा ११ जनाको मृत्यु, ३० जना बेपत्ता

डिसी नेपाल
६ साउन २०८१ १३:४०

काठमाडौं । चीनमा बाढीका कारण एउटा पुल भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

चीनको शान्जी प्रान्तको शाङ्लुउ सहरमा भएको दुर्घटनामा ३० जना बेपत्ता भएको पनि समाचार छ ।

भारी वर्षाका कारण आएको बाढीका कारण पुल भाँचिएको अधिकारीहरुले बताएका छन् ।

राहत टोलीले नदीमा बगेका केही सवारीसाधनलाई उद्धार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको खोजी गर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *