कांग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समात्न सकेनः प्रधानमन्त्री ओली

डिसी नेपाल
६ साउन २०८१ १४:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन्।

उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउमा आएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *