माओवादीका दुई मुख्यमन्त्रीले दिए राजीनामा

डिसी नेपाल
६ साउन २०८१ १५:४६

काठमाडौं। केन्द्रको सत्ता समीकरण बदलिएपछि माओवादी केन्द्रबाट दुई वटा प्रदेशको नेतृत्व गरेका मुख्यमन्त्रीले राजीनामा दिएका छन्।

सत्तारुढ अन्य घटकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका हुन्।

गत असार १७ गते सत्तारुढ घटक माओवादीसहितको केन्द्रीय समीकरणबाट एमाले बाहिरिएपछि यी दुई मुख्यमन्त्री अल्पमतमा परेका थिए। प्रदेशसभामा अल्पमतमा परेपछि राजीनामा दिने या विश्वासको मत लिने भन्ने विषयमा अन्योलमा रहेका दुई मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *