मैत्रीपूर्ण नेटबल खेलमा भानुभक्त मेमोरियल बिजयी

काठमाडौं। भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ।
काठमाण्डौ, पानीपोखरी, स्थित भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगीतामा विभिन्न विद्यालयको सहभागीता रहेकोमा आयोजक भानुभक्त भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोदय बालबाटीका र मल्पी सिटी स्कुलको सहभागिता रहेको थियो।
उक्त खेलमा सहभागी भानुभक्त मेमोरियल विद्यालयले मल्पी सिटी स्कुललाई पराजित गरेको थियो। उक्त कार्यक्रम नेपाल नेटवल सङ्घका महासचिव दिपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने कुरा बताएका थिए। कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्गापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन्।
कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरुलार्ई मेडल र प्रमाणपत्र समेत वितरण गरी हौसला बढाइएको थियो।
Facebook Comment