यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर

डिसी नेपाल
७ साउन २०८१ ७:१७

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *