पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
काठमाडाैं।। पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराती रायको हत्या भएको हो।
करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको टोली पुगिसकेको छ।
प्रतिक्रिया
Facebook Comment