धर्म निरपेक्ष भित्रको खेल
संंवेदनशील विषय भएपनि आज धर्मको बिषयमा केही लेखौं जस्तो लाग्यो। किनकी धर्मको कारणले निम्तिन सक्ने खतरालाई नजरअन्दाज गरेर बस्नु राम्रो कुरा होइन। यसैले यस बिषयमा एउटा सानो लेखद्वारा मेरो आफ्नो धारणा राख्न चाहन्छु।
जसरी पानी नभए जीवन चल्दैन। पानी रंगहीन, स्वादहीन र गन्धहीन बस्तुको नाम हो। तर पनि स्थान अनुसार पानीको स्वाद पनि हुन्छ। यो खोलाको पानी मिठो छ, त्यहाँको पानी मिठो छैन भन्नुको तात्पर्य त्यही हो। यसैले अवस्था अनुसार पानीको गन्ध पनि हुन्छ र रंग पनि हुन्छ। यो बाहिरी अन्य बस्तुको मिश्रणको कारण हो।
अझ शुक्ष्म दर्शकयन्त्रले हेर्ने हो भने स्वास्थ्य बिज्ञानले रोगका किटाणुहरु पनि भेट्टाउँछ। यसैले आजकल पानीलाई फिल्टर गरेर, उमालेर र अरु अनेक बिधी प्रयोग गरेर शुद्ध गर्ने चलन छ। यी कुराहरु सामान्य सबैले बुझ्ने कुरा हो।
ठिक त्यसैगरी धर्मको शुरुवात प्राचिन कालमा सामाजिक नीति नियम र थिती बसाल्नका लागि भएको थियोर्। धर्म गरे स्वर्ग पुगिन्छ पाप गरे नर्क’ मानिसलाई गर्न हुने र नहुने ज्ञान नभएको त्यो समयमा बलिया बांगाले निर्धा दुब्लालाई अत्यधिक थिचोमिचो गर्ने चलन थियो। उस्तै परे मारिदिनेसम्मको अवस्था आउँथ्यो।
त्यसको रुप थोर बहुत आज पनि हामी देख्न सक्दछौं। त्यस्ता अपराध कर्महरुलाई न्यूनीकरण गर्ने उपाएको रुपमा धर्मको सुरुवात भएको थियो। तपाईं कल्पना गर्न सक्नुहुन्छ, अड्डा अदालत, पुलिस, जेल केही नभएको त्यो समयमा पनि समाजमा थिति बसाल्न हाम्रा पुर्खाहरुले भरमग्दुर प्रयत्न गरेका थिए।
शक्ति राष्ट्रको प्रभावमा परेर हाम्रा शिर्ष नेताहरुपनि क्रिश्चियन मान्ने हिन्दू छोड्ने अवस्थामा भएको आवास मिल्छ। संबिधानमा धर्म निरपेक्ष राख्नुको अर्थ क्रिश्चियन धर्मको लागि ठाउँ खाली गर्नका लागि हो भन्ने स्पष्ट भएको छ यतिखेर। त्यही धर्म भित्र छिरेर भारतमा अंग्रेजहरुले २०० बर्ष शासन गरेको कुरा हामीले बिर्स्याैं।
अहिलेको यो समयमा पनि हाम्रो समाजमा पाप र धर्मको कुराले डर पैदा गरेकै छ। कति ज्ञानी र ध्यानी मानिसहरु पनि बसोबास गर्ने रहेछन त्यो समयमा। उनीहरुको भरमग्दुर प्रयत्नले समाजमा थिति बसेको थियो। हामीले पुर्खाको कुरा सम्झेर गर्भ गर्नुपर्दछ। आज अड्डा अदालत पुलिस जेल सवै हुँदा पनि मानिसलाई अपराध कर्मवाट रोक्न हम्मे हम्मे परेको छ।
संसारका कुनै पनि धर्म खराव नियतवाट श्रृजना भएका होइनन्। यो समाजको आवश्यकता अनुसार बनेको हो। तर समाजमा बर्ग विभाजन सँगै धर्मको ब्याख्या फरक फरक रुपमा गरियो।
समाजको स्वरुप सामन्तवादी हुँदा सामन्तबादको प्रभाव धर्ममा पर्यो। पूँजीवादी हुँदा पूँजीवादको र साम्राज्यवादमा पुग्दा साम्राज्यवादको प्रभाव अत्यधिक पर्यो। धर्मको व्याख्या भित्र वर्गीय स्वार्थ पनि मिसावट भयो। यसैले माक्र्सले धर्मलाई अफिम भन्नुभयो।
“धर्म भनेको शोषक बर्गले श्रमजीबी बर्गलाई शोषण गर्ने हतियार हो” भन्नुभयो। यसको अर्थ यो हो कि मानिसहरु फरक बर्गको प्रभावमा नपरुन भन्ने हो। भूमिहीन र गरिव बर्गहरु धनी पूँजीपतीको प्रभावबाट मूक्त होउन भन्ने हो। हामीले पनि बस्तुस्थितिको सही ज्ञान नराखी धर्मको अन्ध बिरोध र समर्थन गर्दै रह्यौं। परिणामले तलको परिस्थितीलाई निम्तो दियो।
हिन्दु धर्मको धार्मिक समाज भित्रैवाट धर्मको नकारात्मक पक्षलाई देखाइदिने एकसे एक नयाँ पिँढीका मानिस र बिद्वान बर्ग देखिए। हिन्दु धर्म भित्रैवाट धर्मको बिरोध हुन थाल्यो। जसका कारण हिन्दु धर्मको बिरोधी धेरै देखिए। हिन्दु धर्मको बिरोध देश भित्रकै अरु धार्मिक र जातजातिले पनि गर्न थाले।
तर क्रिश्चियन धर्म बिदेशी धर्म भएका कारण यसका नराम्रा पक्ष हामीलाई त्यति ज्ञान पनि नहुने भयो। यसैले यसको बिरोध कतैवाट पनि भएन। अझ हाम्रो संविधानमा धर्म निरेपेक्ष शब्द राखिदिनाले क्रिश्चियन धर्म बेरोकटोक नेपालमा फैलियो। यतिखेर यहाँको माटो क्रिश्चियन धर्मकोलागि उर्वर भएको छ।
शक्ति राष्ट्रको प्रभावमा परेर हाम्रा शिर्ष नेताहरुपनि क्रिश्चियन मान्ने हिन्दू छोड्ने अवस्थामा भएको आवास मिल्छ। संबिधानमा धर्म निरपेक्ष राख्नुको अर्थ क्रिश्चियन धर्मको लागि ठाउँ खाली गर्नका लागि हो भन्ने स्पष्ट भएको छ यतिखेर। त्यही धर्म भित्र छिरेर भारतमा अंग्रेजहरुले २०० बर्ष शासन गरेको कुरा हामीले बिर्स्याैं।
इतिहासलाई नियाल्ने हो भने राजा पृथ्वी नारायण शाहले साम्राज्यवादलाई रोक्नकालागि देश भित्रका सबै धर्मालम्बीहरुलाई आह्वान नै गर्नुभएको थियो। “सबैले आ-आफ्नो कुल धर्म मान्नु।”
यसको अर्थ बिदेशी धर्मबाहेक आफ्नो देशमा मानिआएको आ-आफ्नो कुल परम्पराको धर्म सबैले मान्नु भन्ने हो। फिरंगीलाई देश भित्र पस्न नदिनु भन्नुको अर्थ पनि त्यही हो। यसबाट बिदेशी प्रभाव र हस्तक्षपबाट देशलाई मूक्त गर्न सकिन्छ भन्ने उनलाई लागेको थियो। यस काममा पृथ्वी नारायण शाह सफल पनि भए।
तिनै पृथ्वी नारायणको शालिक तोड्ने दिमाग अहिले हामीमा पलाएको छ। माक्र्सवादकै मर्म पनि कहाँ सम्बोधन भयो खोई? पानी धमिलो पारेर माछा मार्नेहरुको सल्बलाहट खुव देखिन्छ आजकल।
संसार नै सकारात्मक र नकारात्मकको संगम हो। यसैमा द्वन्द्ववाद पनि निहीत छ। यसको अर्थ संसार राम्रा र नराम्रा कुराहरुको जोड हो भनेर बुझ्नुपर्छ। हाम्रा धर्मका कुन कुन ग्रन्थ ठिक छन। यसको मर्म के हो? स्वच्छ पानी जस्तै स्वादहीन, गन्धहीन, रंगहीन चुरो बस्तु के हो? छुटयाउन सक्नु हाम्रो कर्तव्य हो।
मून्धुम, बुद्ध र अन्य स्वदेशी धर्म समेतमा हाम्रो आफ्नोपन भएकाले यसको चुरो वा गुदीलाई हामीले ग्रहण गर्न सक्नुपर्दछ। यसमै हाम्रो देशको भबिष्य र हाम्रो आफ्नो पनि कल्याण हुनेछ। हाम्रा प्राचिन ऋषिमूनिहरु निकै ज्ञानी थिए। उनीहरुको सुझवुझले समाज चलेको थियो।
प्राचीन समयमा धर्म नै बिज्ञान पनि थियो। पूर्वीय संस्कृतिको इतिहास निकै रहस्यमयी छ। यसैले त पश्चिमाहरुको ध्यान समेत यसमा तानिएको छ। फ्रास्वा भोल्टेअर ( १६९४-१७७८) का अनुसार “म बिस्वस्त छु-हाम्रामा सबै कुरा गंगा जीको तटबाटै प्राप्त भएका छन्।
खगोल शास्त्र, ज्योतिष शास्त्र, आत्म बिध्या सबै सबै। यो बिशेष उल्लेख्य कुरा छ–पच्चिस सय बर्ष अघि ग्रीसको समोस टापुको पाइथागोरस ज्यामिति सिक्नकालागि गंगाजीको तटसम्म पुगेका थिए।
आर्य ब्रम्हाणहरुका बिज्ञानको सश धेरै अघि युरोपमा स्थापित भैनसकेको भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन होला। वेद एउटा यस्तो सर्वाधिक मूल्यवान उपहार हो, जसका निमित्त पाश्चात्य जगत सदैव पूूर्वप्रति ऋणि रहेको छ।”
पश्चिमा बिद्वान र दार्शनिकहरुले आधुनिक भौतिक बिज्ञानको जग पूर्वीय सभ्यता नै हो भनि प्रसंसा गरेका छन। त्यस्ता धेरै बिद्वानहरुको नाम यो छोटो लेखमा अटाउन सकेको छैन।
धर्म निरपेक्ष भित्रको खेल
एक दुईजना काइते मानिसद्वयले संबिधानमा धर्म निरपेक्ष घुसाउन सफल भए। संबिधान सभामा छलफल चलिरहेको थियो। धेरै ठूला नेताहरुलाई पनि यी दुई शब्द मस्यौदा संबिधानमा छिर्छ भन्ने थाहा थिएन।
धेरै बिषयहरु त्यहाँ आइरहेको थियो। सबै ताली पड्केर पारित भैरहेको थियो। यो बिषय पनि छिरेर पारित भयो। पछि स्व. नेता गिरिजा प्रसादले मुख खोल्नुभयो। यो दुई शब्द घुसाउने प्रमुख मानिस कृष्ण सिटौला हो।
राज्यको कुनै धर्म हुँदैन कुरा सही थियो। धेरैको चित्त बुझेको थियो। धर्म त जनताले मान्ने कुरा हो। सबैले चित्त बुझाए। खुब राम्रो दुई शब्द ६ वटा अक्षर, निकै लोकपृय बन्ने छाट आयो। समय क्रममा यो अवस्था सधै रहन सकेन। राज्य संचालक स्वयंले क्रिस्चियन धर्मको बतिष्मा लिन लागे।
होली वाइनको सम्मेलनमा राज्यका उच्च पदस्त स्वयं सहभागी भए। राज्य कोषको दुई चार करोड अनुचित रुपमा खर्च गरे गराए। अब संबिधानमा धर्म निरपेक्ष भनेतापनि राज्यको धर्म अघोषित रुपमा कृस्चियन हुन गयो। गाउँ गाउँमा चर्चहरु बन्ने र धर्मको प्रचार गर्ने काम हुँदै आएको छ।
यसको लागि अनेक लोभलालच र भ्रमजालहरु श्रृजना गरिन्छ। स्वदेशी कुनै पनि धर्मले यतिको प्रचार गरेको देखिँदैन। जसका कारण सनातनी धर्म ओझेलमा परेको छ। गाउँ गाउँको गुम्बा र मन्दिरहरुमा ताला लाग्ने क्रम जारी छ।
अव बिस्तारै मन्दिरहरुमा घण्ट बज्न छोड्नेछन्। बिदेशी धर्मले स्वदेशी सनातनी धर्मको बेदखली गर्ने काम जारी छ। यो परिस्थितिको निर्माण गर्ने हाम्रा आदणीय शीर्ष नेताहरु नै हुन।
जन नेता मदन भण्डारीले धर्म निरपेक्षता २०४७ शालकै संविधानमा राख्न खोज्नुभएको थियो। तर साम्राज्यवादी सल्वलाहटको अनुमान र अवस्था देखिसकेपछि उहाँ हच्कनुभयो र पछि हट्नुभयो। वाइवल लिएर आउने अंग्रेजले भारतमा २०० वर्ष शासन गरे।
नेपालमा पनि हाम्रा शीर्ष नेताहरु यस्तै साम्राज्यवादी हस्तक्षेपको निम्ता गरिरहनुभएको छ। नाममा कम्यूनिष्ट पार्टी र कांग्रेस पार्टी राखे पनि व्यबहारमा बिस्तारवाद र साम्राज्यवादका पिछलग्गु जस्ता हाम्रा नेताहरुलाई देखिन थालेको छ। स्वतन्त्रता जो कोहीले उपयोग गर्न पाउँछन तर यहाँ त स्वछन्दता बढेको छ।
Facebook Comment