डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिन्छः मन्त्री खड्का

डिसी नेपाल
७ साउन २०८१ १६:१८

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन्। उनले व्यवसायीहरुबाट उठ्न बाँकी रकमको निक्र्यौल हुन बाँकी रहेको जिकिर गरे

उनले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिटै आवश्यक निष्कर्ष निस्कने दावी गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *