न्यूरोडको फुटपाथ विस्तारको अध्ययन गर्न कार्यदल गठन, मंसिर २ गतेसम्म काम नहुने

डिसी नेपाल
७ साउन २०८१ १८:२७

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्ने भएको छ। साथै अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमति समेत भएको छ।

सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो। महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्ष लगाएतको सहभागीतामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नं २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए।

९ सदस्यीय कार्यदलबाट विभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए। उनले अहिले वडा नं २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो। विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *