एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९ करोड ५० लाख लगानी गर्ने

डिसी नेपाल
८ साउन २०८१ ११:३०

काठमाडौं । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग. ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ।

एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो।

३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च-गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको छ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *