हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले भन्यो- इजरायली आक्रमणमा ७० जनाको मृत्यु
काठमाडौं । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
इजरायलले प्यालेस्टाइनी लडाकूहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको हो ।
इजरायली सेनाले सोमबार बिहान खान युनिसको पूर्वी क्षेत्रबाट महत्वपूर्ण आतंकवादी गतिविधि र रकेट आक्रमण भएको बताएको थियो। उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल-मवासी आवासीय क्षेत्रमा जान भनिएको छ।
इजरायली सेनाले यसपछि उक्त क्षेत्रमा भारी बमबारी गरेको, जसका कारण आतंककारी र उनीहरुको पूर्वाधार ध्वस्त भएको बताएको छ ।
त्यहाँ सयौं मानिस पैदल र कारमा दौडिरहेको देखियो ।
यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्टले पाँच जनाको शव र ३३ जना घाइतेलाई अल अमल अस्पतालमा ल्याइएको जनाएको छ ।
इजरायलको यो आदेशपछि खान युनिसबाट दुई किलोमिटर पूर्वमा रहेको मान र बानी सुहैला सहरमा रहेका उनीहरूको क्लिनिकमा सेवा ठप्प भएको स्वास्थ्य संस्थाले जनाएको छ ।
इजरायली अधिकारीहरूले उनीहरूको आदेश अस्पतालहरूमा लागू नहुने बताएका छन्।
Facebook Comment