कमला ह्यारिसले राष्ट्रपति पदको उम्मेदवार बन्नका लागि पार्टीको आवश्यक समर्थन हासिल गरिन्
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएर राष्ट्रपति पदका लागि कमला ह्यारिसको नामलाई समर्थन गरेका थिए ।
जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो उम्मेदवारको रूपमा समर्थन गरे पनि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिसको उम्मेदवारी पुष्टि भएको छैन। उसले पार्टीको समर्थन लिनुपर्छ ।
अब कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको छ ।
कमला ह्यारिसले सामाजिक सञ्जालमा ट्विट गर्दै लेखेकी छिन्, ‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ ।’
उनले लेखेकी छिन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो।’
कमला ह्यारिसको नाम पार्टीबाट आधिकारिक रूपमा अनुमोदन हुन भने बाँकी छ । डेमोक्रेटिक राष्ट्रिय महाधिवेशन अर्थात् डीएनसीले नयाँ उम्मेदवार चयन गर्नेछ ।
Facebook Comment