पाकिस्तानमा हिन्दू र इसाईहरूको जनसंख्या बढ्यो, मुस्लिमको संख्या घट्यो

डिसी नेपाल
८ साउन २०८१ १६:०३

काठमाडौं । पाकिस्तानमा जनगणनाको पछिल्लो तथ्याङ्कले हिन्दूहरूको जनसङ्ख्यामा केही वृद्धि भएको देखाएको छ । मुस्लिमहरूको जनसंख्यामा थोरै गिरावट रेकर्ड गरिएको छ।

जनगणनाको आधिकारिक तथ्याङ्क अनुसार पाकिस्तानमा हिन्दूहरूको जनसंख्या २०१७ मा ३५ लाख रहेकोमा अहिले बढेर २०२३ मा ३८ लाख पुगेको छ। अहिले यो पाकिस्तानको सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय भएको छ।

पाकिस्तानी अखबार डनको रिपोर्ट अनुसार पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले बिहीबार ७ औं जनसंख्या र आवास जनगणना २०२३ को नतिजा जारी गरेको छ। २०२३ मा पाकिस्तानको कुल जनसंख्या २४ करोड ४ लाख ५८ हजार ८९ थियो।

तथ्याङ्कले देखाएअनुसार कुल जनसंख्यामा मुस्लिमहरूको अंश २०१७ को ९६.४७ प्रतिशतबाट २०२३ मा ९६.३५ प्रतिशतमा थोरै घटेको छ। यससँगै विगत ६ वर्षमा सबै प्रमुख धार्मिक अल्पसंख्यकको जनसंख्या बढेको छ । तर, कुल जनसङ्ख्याको प्रतिशतमा उनीहरूको अंशले मिश्रित चित्र प्रस्तुत गर्छ।

हिन्दूहरूको जनसंख्या २०१७ मा ३५ लाख बाट २०२३ मा ३८ लाखमा बढ्यो, तर कुल जनसंख्यामा तिनीहरूको हिस्सा १.७३ बाट १.६१ प्रतिशतमा घट्यो, जसले अन्य अल्पसंख्यक समुदायको तीव्र दरमा वृद्धि भएको देखाउँछ।

क्रिश्चियनको जनसंख्या पनि २६ लाखबाट ३३ लाख पुगेको छ । कुल जनसंख्यामा उनीहरुको हिस्सा पनि १.२७ बाट बढेर १.३७ प्रतिशत पुगेको छ । अहमदीहरूको जनसंख्यासँगै कुल जनसङ्ख्यामा उनीहरूको हिस्सा पनि घटेको छ। अहदी समुदायको आकार २०१७ मा ०.०९ प्रतिशत ०.०७ प्रतिशतमा घट्यो।

सिख समुदायको जनसङ्ख्या १५,९९८ र पारसी समुदायको संख्या २,३४८ छ। तथ्याङ्कले मुलुकको जनसङ्ख्या २.५५ प्रतिशतको वृद्धि दरमा बढेको देखाएको छ। तथ्याङ्क अनुसार यो दरले पाकिस्तानको जनसङ्ख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *