चिनियाँ सेनामा फेरि भ्रष्टाचारको पर्दाफास, रकेट फोर्सका अर्का प्रमुखविरुद्ध अनुसन्धानको आदेश

डिसी नेपाल
८ साउन २०८१ १६:२२

काठमाडौं । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो रणनीतिक मिसाइल बल, रकेट फोर्स भित्रको भ्रष्टाचार विरुद्ध क्र्याक डाउन गरिरहेको छ। यी सेनाहरूले देशको आणविक हतियारहरूको हेरचाह गर्छन्।

हालै पीएलएले रकेट फोर्सका वर्तमान चिफ अफ स्टाफ जनरल सन जिनमिङ विरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न आदेश दिएको छ। बिहीबार उनलाई पार्टीले पदबाट हटाएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको सेनाले यसअघि पूर्व रक्षामन्त्री जनरल ली साङफु र उनका उत्तराधिकारी जनरल ली युचाओविरुद्ध भ्रष्टाचारको मुद्दा बाहिरिएपछि पदबाट हटाएको थियो।

चीनको रक्षामन्त्री हुनुअघि ली साङ्फु रकेट (मिसाइल) फोर्सका प्रमुख थिए, जसविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ। ली युचाओ यस रणनीतिक शक्तिको एक हिस्सा थिए।

रकेट फोर्स चिनियाँ सेनामा कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरोधी अभियानको केन्द्रमा रहेको छ। रकेट फोर्सका पूर्व प्रमुख साङ्फु र त्यसका सदस्य युचाओलाई हटाउने निर्णय भएको सोही पार्टी बैठकमा जनरल सुन जिनमिङमाथि छानबिन गर्ने निर्णय पनि भएको थियो ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) रकेट फोर्सका प्रमुख सन जिनमिङलाई पार्टीबाट निष्कासन गरिएको छ । पार्टीको तेस्रो महाधिवेशनको अन्तिम दिन बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

लेफ्टिनेन्ट जनरल सनविरुद्धको भ्रष्टाचार छानबिन यसअघि नै सकिएको थियो, जसको प्रतिवेदन पार्टी बैठकमा पेस गरिएको थियो ।

सन जिनमिङ पीएलए रकेट फोर्सका वर्तमान चिफ अफ स्टाफ हुन् । उनले २०२२ मा यो पद ग्रहण गरेका थिए। उनी पार्टीको २० औं केन्द्रीय समितिमा पनि थिए, जसलाई अहिले पार्टीले हटाएको छ ।

उनी लामो समयसम्म दोस्रो आर्टिलरी कोरको एक हिस्सा रहे। सन् २०१५ मा राष्ट्रपति सी जिनपिङको सैन्य आधुनिकीकरण अभियानअन्तर्गत स्थापना भएको रकेट फोर्स हालका वर्षहरूमा भ्रष्टाचारको केन्द्र बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *