काेशीमा डीएसपी सहित ३ सय १२ जना प्रहरी कारबाहीमा

डिसी नेपाल
८ साउन २०८१ २०:०८

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डीएसपी सहित ३ सय १२ जना प्रहरीहरुलाई कारबाही गरेको छ।

विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा सो जानकारी दिइएको हो। सो कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र बैकिंग कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए।

उनले सिटी सफारी सेवा भन्दा पनि व्यापार भएकाले यसलाई समयमा नियन्त्रण गर्न नसके ट्राफिक समस्या बन्न सक्ने बताए।

कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसंधान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *