निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ आज

डिसी नेपाल
९ साउन २०८१ ९:४६

काठमाडौं। निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाइ समितिले प्रधानको सुनुवाइ दिउँसो १ बजेबाट हुने जनाएको छ।

संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। प्रधानको संसदीय सुनुवाइका लागि असार २० र २१ गतेलाई मिति तोकिएको छ । तर, उनीविरुद्ध उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै समितिले सुनुवाइ रोकेको थियो।

प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो। सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *