गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा पुगे

डिसी नेपाल
९ साउन २०८१ १२:२३

काठमाडौं। त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए।

दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ।

त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ।

यसैबीध दुर्घटनाको सूचना थाहाआउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *