सौर्य एयरलाइन्सको विमान दुर्घटना: उद्धारकार्य जारी (तस्विरसहित)

काठमाडौं। त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।
विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।
विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ। विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ।
प्रतिक्रिया
Facebook Comment