प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्ने

डिसी नेपाल
९ साउन २०८१ १७:१७

काठमाडौं। संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका विषयमा थप छलफल गर्ने निर्णय गरेको छ।

सिहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसँग छलफल गरेपछि समितिले यस विषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो। अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ।

त्यसअघि बैठकमा सांसदले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा प्रश्न राखेका थिए भने प्रधानले त्यसको जवाफ दिएका थिए। समिति सदस्य महेश बर्तौलाले प्रधानकाविरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए।

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रका बारेमा नै प्रश्न उठिसकेपछि आफुलाई आरोपबाट मुक्त गर्ने आधारका बारेमा प्रश्न गरेका थिए। त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेदा निकै गम्भीर देखिएको र यसले उच्च नैतिक चरित्रको विषय आकर्षित हुनसक्ने उल्प्लेख गरे।

समिति सदस्यहरुले प्रश्नको जवाफ दिदै प्रधानले आफुले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए। उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानून विपरित काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए। अदालतमा मिलेरको विषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रश्न गरे।

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए। प्रधानविरुद्ध समितिमा यौन दुव्र्यवहार लगायतका उजुरी परेका थिए। केहि दिन अघि बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *