ऊर्जामन्त्री खड्काद्वारा दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त

डिसी नेपाल
९ साउन २०८१ २२:१६

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

मन्त्री खड्काले आज त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गर्दै दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले त्रिभुवन शिक्षण अस्पतालका चिकित्सकलाई भेटेर चाँडो शव परीक्षण तथा पहिचान गरी आफन्तलाई शव बुझाउन आग्रह गरेका थिए। उक्त दुर्घटनामा परेर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सहायक कम्युटर अपरेटर प्रिजा खतिवडाको समेत मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *