महिला एशिया कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पूरा भएको छ। समूह ए बाट समुह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।
त्यस्तै समूह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह बी बाट थाइल्याण्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन्।
अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन्। सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन्।
त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ।
प्रतिक्रिया
Facebook Comment