मोरिससमा जहाज दुर्घटना हुँदा २५ आप्रवासीको मृत्यु, १९० बेपत्ता

डिसी नेपाल
१० साउन २०८१ १६:१९

काठमाडौं । मौरिटानियाको समाचार एजेन्सीका अनुसार देशको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ, जसमा हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।

राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ ।

एक कोस्ट गार्ड कमाण्डरले भनेअनुसार मौरिटानियाको तटरक्षकले १०३ आप्रवासीलाई उद्धार गरेको छ र २५ शव निकालेको छ।

गत जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३०० जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ।

कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै एउटा घटना जुलाई ५ मा भएको थियो जसमा मौरिटानियन तटरक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालेका थिए।

आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरू पुग्ने प्रयास गरेको बताएको छ। पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *