सभापतिले बोल्न रोकेको भन्दै संसदीय समिति बैठकबाट बाहिरिए सुदन किराती

डिसी नेपाल
१० साउन २०८१ १६:३०

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले संसदीय समिति बैठक बहिष्कार गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन्।

बैठकका लागि राखिएको विभिन्न एजेण्डमा धारणा राखिरहँदा सभापति यादवले विषय केन्द्रीत भएर छोटोमा आफ्ना प्राविधिक कुराहरु राख्न आग्रह गरेक थिए। त्यसलगतै किरातीले आफू टेक्निकल विज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए।

उनले समितिले राखेका एजेण्डामा नै बोलेको समेत बताए। त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप विषय नराखी उनी बैठकबाट बाहिरिएका हुन्। सो क्रममा किरातीले आफूलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोशित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *