उपसभामुखको थप बचाउमा उत्रियो रास्वपा, अमेरिकी दूतावासमा पत्र दर्ता नभएको दाबी

डिसी नेपाल
१० साउन २०८१ १६:५७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरेका छन् ।

झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, ‘यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ।’

उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीका विषयमा आफूहरुरु सचेत भएर बसेको बताए ।

उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाइदिन गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबी समेत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *